तुलसीपुर महोत्सवको उद्घाटन गेहेन्द्र गिरीले गर्दै

तुलसीपुर
१५ मंसिर ।
तुलसीपुरमा आजदेखि सुुरु हुने महोत्सवको उद्घाटन काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले गर्ने भएका छन् । प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि तथा व्यापारिक महोत्सव आजदेखि २६ गतेसम्म सञ्चालन हुनेछ । आज विहान साढे ११ बजे महोत्सव उद्घाटन हुनेछ । महोत्सव उद्घाटन हुनु भन्दा पहिले प्रभातफेरी हुनेछ । युथ्स अफ तुलसीपुरको आयोजनामा ओम शान्ति सिनेमा हलको पूर्वतर्फ महोत्सव संचालन हुन लागेको हो ।

महोत्सवमा कलाकार प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रिय तथा स्थानीय कलाकार आउने छन ।


तुलसीपुर उद्योग बाणिज्य संघले भने मेलाको विरोध गरेर आज पनि तुलसीपुर बजार बन्द गरेको छ । विरोधका बाबजुत महोत्सव सञ्चालन हुदैछ ।