दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु

दुधरास,१६ पुस । दाङमा बसकाे ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ ।

तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको यात्रु बहाक बसले ठक्कर दिदा  दुधरास स्कुलमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटना स्थलमै मृत्यु भएको हो ।


सोमबार दिउँसो ४ बजेतिर भे १ ख ३६९७ नं. को बसले तुलसीपुर १७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा स्कुल अगाडी किचेको हो ।

दुर्घटना पछि केही समय घोराही-तुलसीपर सडक खण्ड अवरुद्ध गरिएको थियो । साथै विद्यार्थी तथा अभिभावकहरुले ठक्कर दिने गाडी तोडफोड गरेका छन् भने प्रहरीको भ्यानमा समेत क्षती पुर्याएका छन् ।