तुलसीपुर खानेपानी निर्वाचन : मोवाईल लिन नपाइने

तुलसीपुर, १ चैत । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थको निर्वाचनको तयारी पूरा भएको छ ।

चैत २ गते शनिबार हुन लागेको निर्वाचनको तयारी पूरा भएको निर्वाचन समितिका सदस्य रामशरण चौधरीले बताए । उनका अनुसार मतदान स्थलमा मोवाइल लिन नपाईने आचरसंहिता बनेको छ ।

मैदानको गेट भन्दा बाहिर प्रचार प्रसार गर्न पाइने भएपनि भित्र भने प्रचार प्रसार गर्न पाइनेछैन।


अरणीको मैदानमा निर्वाचन हुनेछ । जहाँ  १५ वटा बुथमा ३० वटा लाइन बनाइएको छ ।

विहान साढे ७ बजेदेखि मतदान सुरु हुनेछ, भने अपरान्ह साढे ४ बजेसम्म मतदान गर्न पाईनेछ । मतदान गर्दा नागरिकता वा नागरिकता नम्बर भएको कुनै पनि सरकारी परिचयपत्र अनिवार्य गरिएको छ । १० हजार ९ सय १९ मतदाताले मतदान गर्ने छन् ।