तुलसीपुरबाट दुई लागुऔषध कारोवारी पक्राउ

तुलसीपुर,९ भदौ ।
तुलसीपुरबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । बुधबार बेलुका साढे ८ बजेतिर तुलसीपुरबाट २२० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

उनका अनुसार बाँके कोहलपुर उपमहानगरपालिका–५ लोकनगर घर भई हाल तुलसीपुर-६ कालिका मन्दिर नजिक ससुराली आएका २९ वर्षीय मान बहादुर गन्धर्व र तुलसीपुर-६ बरुवागाउँ निवासी ३० वर्षीय अनिल विकलाई पक्राउ गरिएको हो । गन्धर्वले विकसंग ब्राउनसुगर खरिद गरेको खुलेको छ । गन्धर्वलाई पक्राउ गरेपछि उनले विकबाट खरिद गरेको बयान दिएपछि दुबैजनालाई पक्राउ गरिएको हो । उनीहरुलाई म्याद थप गरि अनुसन्धान भइरहेको छ ।