लुम्बिनीमा विषयगत समितिको निर्वाचन स्थगित

दीपक बोहरा
दाङ,१५ पुस ।
लुम्बिनी प्रदेशमा विषयगत समिति सभापतिको निर्वाचन स्थगित भएको छ । प्रदेश सभासचिब दुर्लभ कुमार पुनका अनुसार पुस १७ गते तोकिएको निर्वाचन स्थगित गरिएको हो । आईतबार सूचना जारी गरि अर्को सूचना नआउँदासम्मकालागि निर्वाचन स्थगित गरिएको हो । प्रदेशका ६ वटा विषयगत समितिले अझै पनि पुर्णता पाउन सकेका छैनन् ।

सचिब पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति,सामाजिक विकास समिति,कृषि बन तथा वातावरण समिति,भौतिक पूर्वाधार विकास समिति, अर्थ उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समितिले सभापति पाउन सकेको छैन ।

यी समितिका सदस्यहरुको भने ३० असारको प्रदेशसभा बैठकले टुंगो लगाएको थियो । जसमा अर्थ, उद्योग पर्यटन समिति सदस्यहरूमा तुलसीप्रसाद चौधरी, भगवतीकुमारी थरुनी, खेमबहादुर सारु, वसन्ती न्यौपाने, सायरा बनो, जन्मजय तिमिल्सिना, देवकरणप्रसाद कलवार, प्रचण्डविक्रम न्यौपाने, अनुराग खड्का, दिलकुमारी बुढा, कृष्णा केसी र हेमा बेल्बासे केसी हुनुहुन्छ ।

भौतिक पूर्वाधार तथा विकास समितिको सदस्यहरूमा चेतनारायण आचार्य, डिल्लीराज भुसाल, मधुसुधनशरण चौधरी कुर्मी, इन्द्रकुमारी गहतराज, वीरबहादुर राना, बादशाह कुर्मी, माया पुन, सरोज थापा, कृष्णा कुश्मा थारू, सुरुल पुन, निर्मलादेवी चौधरी, आदेशकुमार अग्रवाल, गीता गुरुङ र खड्ग बस्नेत हुनुहुन्छ ।

त्यसैगरी प्रदेशमामिला तथा कानुन समिति सदस्यहरूमा भोजप्रसाद श्रेष्ठ, दिनेश पन्थी, रत्नबहादुर खत्री, चिन्तामणि पाण्डे, यमुना रोका तामाङ, निमा गिरी, भुवनेश्वर चौधरी, जमुना ढकाल, सुधाकर पाण्डेय, इन्द्रजित चौधरी, राजकुमार चौधरी र आशिषकुमार चौधरी हुनुहुन्छ ।


सामाजिक विकास समिति सदस्यहरूमा भूमिश्वर ढकाल, नवराज लामिछाने, रेखाकुमारी शर्मा, सरिता पुन, बसिउद्धिन खाँ, धनशादुर केसी, सुशीला बादी, मीनाकुमारी बोहोरा, लोकीकुमारी विक, यमबहादुर नेपाली सार्की, जानकीप्रसाद यादव र तारा थापा हुुनुहुन्छ ।

कृषि, वन तथा वातावरण समिति सदस्यहरूमा अर्जुनकुमार केसी, दुर्गाप्रसाद चौधरी, तुल्सीराम शर्मा, राजुप्रसाद श्रेष्ठ, शान्ति लोध, मालती सोडारी, विश्वप्रेम पाठक, देवीप्रसाद चौधरी, जोखबहादुर महरा, मीना बुढामगर, मीनाकुमारी श्रेष्ठ, अम्बिका काफ्ले, सुमन शर्मा रायमाझी र भगवती अधिकारी हुनुहन्छ ।

त्यस्तै विष्णुप्रसाद पन्थी, गिरीधारीलाल न्यौपाने, रामजीप्रसाद घिमिरे, सीता शर्मा, जानकी न्यौपाने, अब्दुल रज्जाक गद्धी, बैजनाथ कलवार, धनेन्द्र कार्की, धनलक्ष्मी श्रेष्ठ, दिपेन्द्र कुमार पुनमगर,नरमाया ढकाल, कन्हैया बाँनिया हुनुहुन्छ ।