स्वअध्ययनले लोकसेवा पास गरेका‘रमेश रेग्मी’

देवराज कडेल
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनी निवासी रमेश रेग्मी निजामति कर्मचारी हुन् । विगत १० बर्षदेखि देश र जनताको सेवा गर्दै आएका रेग्मी कुसल प्रशासक हुन् । उनी २०६८ साल देखि निजामति कर्मचारीका रुपमा कार्यरत छन् ।

बाल्यकाल

साबिकको सल्यान जिल्ला क्षत्रेश्वरी गाउँपालिका वडा नं. ४ साङ्कोटको दुर्गम गाउँमा जन्मिएका रेग्मीले स्नातकोत्तर अध्ययन गरेका छन् । उनले स्नातकोत्तर तह प्रथम श्रेणीमा अध्ययन गरेका हुन् । कक्षा ५ सम्म जन्मस्थल साङ्कोटकै स्कुलमा पढेका उनले कक्षा ६ माबि संखमुल पढेका थिए । त्यसपछि उनको परिवार दाङ झ¥यो । सल्यानबाट परिवार पर्सेनी झेरेपछि कक्षा ७ देखि १० सम्म महेन्द्र माबि तुलसीपुरमा अध्ययन गरे ।

त्यसपछि प्रमाणपत्र तह र स्नातक तह घोराहीको महेन्द्र बहुमुखी क्याम्पस घोराही भरतपुरमा अध्ययन गरे । उनले विजौरी स्थित तत्कालि महेन्द्र सास्कृत विश्वविद्यालय विजौरीबाट सामाजिक शास्त्र विषयमा विएड एक बर्षे पनि पास गरेका छन् । त्यसपछि उनले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट प्रथम श्रेणीबाट एमएड गरे । उनलाई शिक्षक बन्ने पहिल्यै देखिको रहर थियो । तर, उनले आर्ट्सबाट विए गरेका थिए । आर्टस्ले शिक्षण गर्न पााईदैनथ्यो, त्यसपछि उनले शिक्षक बन्नकै लागि विजौरीबाट एक बर्षे विएड गरे । तर त्यसमा उनी क्याम्पसको उत्कृष्ट बन्न सफल भएका थिए ।

आईए गरेदेखि नै उनी शिक्षण पेशामा आबद्ध थिए । माबि कालाखोलाका गणित, मनोविज्ञान शास्त्र कक्षा १२ सम्म अध्ययापन गरे । १० बर्ष शिक्षण पेशापछि उनी लोकसेवा तर्फ आर्कषित भए । निजामिति कर्मचारीलाई सामाजिक रुपमा हेर्न दृष्टिकोण सकारात्मक छ । त्यसले गर्दा पनि उनी निजामति कर्मचारी तर्फ आर्कषित भए । त्यति मात्रै होईन्, उनले रोजगारीको स्थायित्वकालागि पनि निजामति कर्मचारी बन्न ईच्छा राखे । फलस्वरुप उनले उनले ९ महिना स्वअध्ययन गरेपछि २०६८ साल माघमा खरिदारमा नाम निकाल्न सफल भए । त्यसपछि उनी निरन्तर निजामति सेवामै निरन्तर छन् । उनी २०७६ सालमा नायब शुब्बामा बढुवा भए । सुरुमा सल्यानको भलचौर गाविसकोे सचिबमा पोष्टिङ भएका रेग्मी सल्यानको कजेरी, बाँझकाडा गाबिसको सचिबपछि २०७१ सालमा यातायात ब्यबस्था कार्यालय नेपालगञ्जमा सरुवा भए । त्यसपछि यातायात व्यबस्था कार्यालय तुलसीपुरमा कार्यरत भए भने त्यसपछि कृषि ज्ञान केन्द्र कपिलबस्तु तौलिहवामा कार्यरत छन् ।

शिक्षकले ‘फेयर’ भइस भनेको तर, रमेशले ‘फेल’ भइस भनेको सुनेपछि..

उनलाई जीवनमा एउटा अनौठो कुराको पनि याद आउछ । उनी कक्षा ७ मा पढ्दा परिवार दाङ झरेको थियो । उनी महेन्द्र मावि तुलसीपुरमा अध्ययनरत थिए । प्रत्येक पुस १४ गते रिजेल्ट आउथ्यो । उनको कक्षा ७ को रिजेल्ट आयो । त्यतिबेला उनले सरलाई सोधे ‘सर, मेरो रिजल्ट के आयो ?’ सरले जवाफ दिनुभयो‘ तँ फेयर भईस ।’ तर, रमेशले यो कुरा बुझेनन् । फेयर भन्दा उनले आफू‘फेल’ भएको बुझे । आफूले राम्रो परीक्षा गरेको जस्तो लाग्थ्यो उनलाई ।

तर, फेल भएको जस्तो सुनेपछि उनी झोक्रिए । आफू फेल भएको कुरा उनलाई चित्त बुझेन ।त्यसपछि पुनः सरलाई सोधे ‘सर, मैले परीक्षा त राम्रै गरेको जस्तो लाग्थ्यो, किन फेल भएँ ?’ त्यसपछि सरले जवाफ दिए ।‘फेल भईस भनेको होईन् के, ‘फेयर’ भइस पो भनेको हो त । त्यो भनेको कुनै पनि विषय नलागेर पास भइस भनेको हो ।’ त्यसपछि उनी निकै खुसी भए । त्यसलाई उनले जीवनको एउटा खुसीका रुपमा लिन्छन् ।


पढाईमा पनि उत्तिकै मेहनत गर्ने उनी लोकसेवामा पास हुँदा पनि उत्तिकै खुसी भए । उनले ९ महिना मात्रै स्व. अध्ययन गरेर लोकसेवा पास गर्न सफल भएका हुन् । उनी अनुभव सुनाउछन्‘आफूलाई जति बेला पढ्न मन लाग्छ, त्यो अनुसार पढ्ने हो भने नाम निकाल्न गाह्रो छैन ।’

उनका वुवा पनि सरकारी जागिरे हुन् । नासुको जागिरे थियो । वुवा पनि सरकारी जागिरे भएकाले उनलाई पनि सरकारी जागिर गर्ने रहर जाग्यो । उनको निजामति सेवामै जाने लक्ष्य थियो । सरकारी जागिर गर्नेहरुप्रति हेर्ने समाजको नजर सकारात्मक भएकाले पनि उनी यसप्रति आकर्षित भए । यसमा उनका अंकल बासुदेव अधिकारीको पनि ठूलो प्रेरणा छ । उनका वुवा ओवेन्द्र रेग्मी, आमा भीमा रेग्मीको त झन सहयोग हुने नै भयो ।

अबद्धता

उनी दर्जनौं संस्थामा आबद्ध छन् । द रेयुकाई नेपाल जिल्ला कार्यसमिसत दाङ सदस्य/युवा संयोजक तथा तालीम संयोजक भएर काम गरेका व्यक्ती हुन् । नले दाङका चर्चिच पत्रकारलाई समेत तालिम दिएका छन् । २०६० सालतिर साल तिर उक्त संस्थामा उनी आबद्ध थिए । त्यो संस्थाका हाल आजिवन सदस्य हुन् ।

उनी रेडक्रसकाे अनुसान समितिको संयोजक थिए । स्थापना कालदेखि नै केही समय रेडियो तुलसीपुरमा काम गरे । रेडियामा उनले चर्चिच कार्यक्रम अन्तरंग चलाए । जुन निकै लोकपृय बनेको थियो । लामो समय रेडियोमै समाचार शाखामा पनि कार्यरत थिए । लोकसेवा पास गरेपछि उनले रेडियो छोड्नु परेको थियो ।

सामाजिक काममा पनि उतिकै सक्रिय भए । देउखुरीको एक परिवार छाप्रोमा बस्थे । उनीहरुको बर्षादमा चुहिने, हिउदमा चिसोले कठ्याङ्ग्रिने अबस्था थियो । उनीहरुलाई त्यो घर निर्माणमा रेग्मीले भूमिका निर्वाह गरे । साभार : अग्रिम साप्ताहिक