गाउँ-गाउँ गएर जनता भेट्छन् मन्त्री मास्की

तुलसीपुर, १३ पुस । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको एउटै अभियान छ-जनता केन्द्रित राजनीति गर्ने । जनताबाटै अनुमोदित भएर अहिले मन्त्री भएकाले जनतालाई नै केन्द्रमा राखेर राजनीति गर्ने उनको प्रष्ट लाईन छ । कुनै पनि राजनीतिज्ञले राजनीति गर्ने भनेकै जनताका लागि भएकाले आफू जनताकै बीचमा रहेको मन्त्री मास्कीको भनाई छ ।

मन्त्री भएकै भोलिपल्ट आफ्नो निर्वाचन क्षेत्रको विकट मानिने बबई गाउँपालिका वडा नं. १ मा स्वास्थ्य शिविर गरेका मास्कीले केही दिन अघि मात्रै विकट भनिने सिमलकुनासहितका क्षेत्रको अवलोकन तथा त्यहाँका जनतासंग भेटघाट गरेका छन् । जनताले जहाँ बोलायो मास्की त्यहाँ पुग्छन् ।

No description available.

जनताकै घरमा खाना खान्छन्, अनि जनताका पिडा बेदना तथा खुसीका कुराहरु सुन्छन् । जनताका हरेक समस्यासंग एकाकार गर्न सक्नु नै सच्चा जनप्रतिनिधि हुने उनको बुझाई छ । उनी गाउँमा पुग्दा जनता पनि खुसी छन् ।‘पहिले धेरैलाई जितायौं, काँग्रेसबाट पनि जितायौं, एमालेबाट पनि जितायौं, उनीहरु मन्त्री पनि भए’,सिमलकुनाका टेकबहादुर बुढाले भने‘ तर, अहिलेको मन्त्री गाउँ-गाउँमा आएर दुरदराजका समस्या सुनिदिनु भएको छ, साह्रै खुसी लाग्छ ।’


बुढाका अनुसार जिला, सिमलकुनामा पुग्ने सडक यस अघि कसैले पनि चासो दिएका थिएनन् । अहिले एक करोड बजेट परेको छ । त्यस्तै पुरन्धारा झरना नजिकै बबई नदीमा पुल निर्माणकालागि डिपिआर भइसकेको छ ।

यसरी दुरदराजका जनतालाई सम्बोधन गरेको भन्दै यसले आफूहरुलाई निकै खुसी बनाएको उनको प्रतिक्रिया थियो । मन्त्री भएपछि मास्की प्रत्येक हप्ता गाउँ-गाउँमा पुगेर जनतासंग भेट गर्ने गरेका छन् । आफू सधै यसरी नै जनताको साथमा रहने उनको प्रतिबद्धता रहेको छ ।

No description available.

No description available.