दाङको तुलसीपुरमा जुवा खेल्दै गरेका १० जना पक्राउ

तुलसीपुर, २५ असोज ।
दाङको तुलसीपुरमा जुवा खेल्दै गरेको अवस्थामा १० जना पक्राउ परेको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीलीले तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ स्थित गोविन्द शाहको घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

दिउँसो साढे दुई बजे पक्राउ परेकाहरुको साथबाट १९ हजार नगद र तास बरामद गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ ।