अज्ञात रोगले खसी, बाख्रा मरे

तुलसीपुर(दाङ),१२ पुस । दाङमा रोगले खसी,बाख्रा मरेका छन् ।

पछिल्लो एक हप्तादेखि शान्तिनगर गाउँपालिका वडा नं.४ का किसानले पालन गरेका खसी,बाख्रा मरेका हुन् ।

पालिकाका पशु सेवा शाखाका प्राबिधिक सहायक देवराज आचार्यका अनुसार सोही वडाका ७ वटा खसी, बाख्रा मरेको बताउनुभयो ।“हामी सोही ठाउँमा गएर त्यो विषयमा बुझेका पनि छौं”,उहाँले भन्नुभयो“अहिले त्यस्तो समस्या छैन ।”


चिसो घाँस खाँदा हुने फुड पोइँजनले गर्दा बाख्राहरु विरामी परेका मरेका हुन् । केही खसी,बाख्रा विरामी परेपनि त्यसको उपचार भइसकेको उहाँले बताउनुभयो ।
स्थानीय बिबेकमान बुढाथोकीका ३ वटा, झुमा रोकाका ३ वटा बाख्रा मरेका छन् ।

बाख्रामा हातखुट्टा बाउडिने, बान्ता गर्ने अनि मर्ने समस्या हुने गरेको छ । खसी मर्न थालेपछि किसानहरु दुःखी भएका छन् ।