जेष्ठ नागरिक दिवसमा न्यूस्टारका विद्यार्थीद्वारा आश्रममा फलफूल वितरण

तुलसीपुर, ११ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित न्यू स्टार बोर्डिङ स्कुलका विद्यार्थीले जेष्ठ नागरिक दिवसको अवसरमा मानव सेवा आश्रम तुलसीपुरमा आश्रितहरुलाई फलफूल वितरण गरेका छन् ।

बुधबार आश्रममै पुगेर विद्यार्थीहरुले फलफूल वितरण गरेका हुन् । कक्षा १०मा अध्ययनरत छात्रछात्राहरु र शिक्षकहरुले जेष्ठ नागरिकलाई सम्मान स्वरुप उक्त कार्य गरेको प्रिन्सिपल शरण जीएमले बताए ।

साथै विद्यालयले विद्यार्थीहरुलाई एक घण्टा जेष्ठ नागरिकको सम्मानकालागि कक्षा पनि सञ्चालन गरेको थियो । प्रिन्सिपल जिएमले विद्यार्थीहरुलाई उक्त कक्षा दिएका हुन् । उनले जेष्ठ नागरिकहरु अनुभवका खानी भएकाले उनीहरुबाट धेरै कुरा सिक्नु पर्ने समेत बताए ।

त्यस अवसरमा विद्यालयका संयोजक ऋषिरज वली, शिक्षिका रन्जु भण्डारी विद्यार्थीहरु मन्जिला जिएम र सन्तोष रोकाले आफ्नो धारणा राखेका थिए।


No description available.

No description available.

No description available.No description available.