युवा सचेत भए, समाज सभ्य हुन्छ : मन्त्री मास्की

दाङ,११ पुस । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले युवा सचेत भएमा समाज सभ्य हुने बताएका छन् ।

लुम्बिनी प्रदेश स्काउट कार्यालयको आयोजनामा बुधबार भएको युवा मञ्च तथा स्काउट शान्ति सुरक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्कीले युवाहरुले नै समाजलाई सही मार्गमा लैजान सक्ने उनले बताए ।

युवाहरुले समाजलाई सकारात्मकतातर्फ लैजान तर्फ लाग्नु पर्ने बताए । स्काउटले समाज रुपान्तरणमा खेलेको भूमिका पनि महत्वपूणर् रहेको उनको भनाई थियो । घोराहीमा पुस ७ गतेदेखि बुधबारसम्म प्रदेश स्तरीय कार्यक्रम भएको हो ।


लुम्बिनी प्रदेश स्काउट तदर्थ समिति संयोजक दिनानाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्काउटका दाङ जिल्ला ईञ्चार्ज रबिन वलीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस अवसरमा स्काउट लुम्बिनी प्रदेश सल्लाहकार उद्यब न्यौपाने, सुमन गोपाल आचार्य, घोराही उपमहानगरपालिका शिक्षा शाखा प्रमुख बिनोद गौतम, लुम्बिनी प्रदेश सदस्य खुमाकान्त अधिकारी, मुकुन्द सुचिकार, नेपाल स्काउट प्रधान कार्यालयका योजना अधिकृत प्रकृती उप्रेतीलगायतको सहभागिता रहेको थियो ।