तुलसीपुरका सबै वडा आफ्नै भवनमा

तुलसीपुर, ९ पुष ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ ले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । भवन निर्माणले पूर्णता पाएपछि आईतबारदेखि आफ्नै भवनबाट सेवा दिने गरि शनिबार नवनिर्मित भवनको उद्घाटन गरिएको छ । यस अघि बनहरीको विद्यालय भवनबाट सेवा दिने गरेको भएपछि आईतबारदेखि साही स्थानमा निर्माण भएको आफ्नै भवनबाट सेवा दिने वडाध्यक्ष तुलसी थापाले बताए ।

नवनिर्मित वडा भवनको शनिबार लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले उद्घाटन गरेका हुन् । यो संगै तुलसीपुरका सबै वडा आफ्नै भवनमा सञ्चालित छन् । वडा नं. ७ को कार्यालय विद्यालयको भवनमा भएपनि सरकारी भवनमै भएकाले सबै वडाले सरकारी संरचनाबाटै सेवा दिन थालेका छन् ।

त्यस अवसरमा मन्त्री मास्कीले संघीयताले गाउँ–गाउँमा विकास आएको भन्दै वडाले गाउँको विकासमा खेलेको भूमिका महत्वपूर्ण भएको बताए । वडा भनेको प्रत्येक्ष जनतासंग जोडिने सरकार भएको भन्दै जनताले गाउँमै सरकार आएको अनुभूति गरेको समेत बताए । “विगतमा सरकार खोज्न काठमाडौं जानुपथ्र्यो”,उनले भने“तर, अहिले गाउँमै सरकार र जनप्रतिनिधि हुनुहुन्छ, त्यसले जनतालाई घच्घच्याउन सहज भएको छ ।”


उनले घोराही–रक्षाचौरकालागि छुटिएको बजेट अन्यत्र लैजाने गरि षडयन्त्र गरिएको भन्दै त्यसलाई सफल हुन नदिने बताए । मन्त्री मास्कीले घोराही–तुलसीपुरको बैकल्पिक सडक भएकाले उक्त सडकको विस्तार आबश्यक रहेको बताए । ग्रामिण सडक सञ्जाल सुधार आयोजना रुपन्देही अन्तर्गत परेको १४ करोड ४० लाख बजेटलाई अन्यत्र सार्नकालागि चलखेल भएपछि त्यसलाई आफूले अन्यत्र सार्न नदिने गरि गम्भीर ढंगले पहल लिएको बताए ।

हाल घोराही–रक्षाचौर सडकको घोराही खण्डमा करिब १० किलोमिटर कालोपत्रे भएको छ, भने अझै तुलसीपुर क्षेत्रमा अझै ११ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । सोही सडक धेरै पुरानो ट्रयाक रहेकाले कतै पुनः नयाँ ट्रयाक बनाउनु पर्ने स्थित छ, भने कतै नाली बनाउनु पर्ने अबस्था रहेको तुलसीपुर ४ का वडाध्यक्ष तुलसी थापाले बताए । “यो सडकमा करिब १० किलोमिटर सडक कालोपत्रे भइसकेको छ”,उनले भने “बाँकी ११ किलोमिटरमा कतै ट्रयाक बनाउनु छ, कतै नाली बनाउनु छ, त्यसकालागि अहिले आएको बजेटले केही काम हुन्छ, हामीले यसलाई अन्यत्र लैजान दिदैनौं ।” घोराही–रक्षाचौर सडक २१ किलोमिटर लम्बाइ छ ।

त्यस्तै मन्त्री मास्कीले ग्वारखोलाई हाइड्याम्पले विद्युत,सिंचाई, खानेपानी, पर्यटनलगायतका क्षेत्रमा टेवा पु¥याउने भएकाले त्यसको सम्भाब्यता अध्ययनकालागि आफूले बजेट बिनियोजन गरेको बताए । त्यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई दुईसय सैया बनाउनकालागि ओएमएन सर्वेको काम अन्तिम चरणमा पुगेको समेत बताए । साभारः अग्रिम साप्ताहिक