दाङमा एकैदिन २ जना पुरुष मृत अवस्थामा भेटिए

दाङ २१ असाेज ।

दाङमा एकैदिन २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका(१७ बस्ने ४० वर्षीय जुगराम चौधरी सोही ठाउँस्थित बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।


यसैगरी दाङ लमही नगरपालिका(६ बेलदमारस्थित अर्जुन खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।