तुलसिपुर नगर स्तरिय कराते प्रतियोगिता हुदै

लक्ष्मण बस्नेत

दाङ २३ असोज  !


दाङको तुलसिपुरमा तुलसिपुर नगर स्तरिय कराते प्रतियोगिता २०७८ आइतबार देखि सुरु हुदैछ ! सितोरियो कराते अरनिको डोजो तुलसिपुर ५ को आयोजनामा कराते हल तुलसिपुर ९ बेलुवामा संचालन हुने प्रतियोगिता को उद्घाटन दिउँसो १ बजे तुलसिपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डे ले गर्ने कार्यक्रम रहेको छ ! दुईदिन सम्म चल्ने प्रतियोगितामा कुमुते पुरुष तर्फ २५,३०,३५,४०,४५,५०,५५,६०,७६ र ६७ प्लस र महिला तर्फ २५,३०,३५,४०,४५,५०,५५,६० र ६० प्लस तौल समुहमा कडा प्रतिस्पर्धा हुनेछ !

त्यस्तै महिला पुरुष एकल कातामा प्रतिस्पर्धा हुने आयोजक अरनिको डोजो प्रमुख पदम बहादुर बस्नेत ले जानकारी दिनु भएको छ ! प्रतियोगितामा तुलसिपुर पश्चिम क्षेत्रका स्थापित डोजोका झण्डै तीन सय खेलाडिको सहभागीता रहनेछ !