दुर्घटनाका घाइतेलाई ७६ हजार सहयोग

तुलसीपुर,१७ माघ । दुर्घटनामा घाइते भएकी सल्यान बाघचौर निवासी दीपा केसीको उपचारकालागि सहयोग संकलन गरि हस्तान्तरण गरिएको छ ।
माइती घर शान्तिनगर गाउँपालिका वडा नं.७ भएकी केसीे गएको बर्ष भदौ ११ गते गोरुसिंगेमा हाईस र टिप्पर ठोक्किदा घाइते भएकी थिइन् । उनको उपचारकालागि आर्थिक अभाब भएकाले सहयोग संकलन थालिएको छ ।

सडक सञ्चार मिडियाको पहलमा ७६ हजार २ सय ७९ रुपैया संकलन भएको थियो । सोही रकम बुधबार हस्तान्तरण गरिएको छ । उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


हालसम्म उनलाई एक लाख ५४ हजार ७ सय ५ रुपैया सहयोग गरिएको मध्यपश्चिम मिडिया ग्रुप एण्ड रिसर्च सेन्टरका अध्यक्ष अशोक भण्डारीले बताए ।