ईपीएल फाइनल खेल शुरु, चितवनले टस जितेर बलिङ गर्दै

काठमाडौं  २३ असोज।

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग ९ईपीएल० २०२१ को फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोज खेल्दैछन् । कीर्तिपुरस्थित टीयू मैदानमा चितवनले टस जितेर बलिङ गरिरहेको छ ।

ब्याटिङको निम्तो पाएको पोखराका रिचर्ड लेभी र विपिन रावलले ओपनिङ गरेका छन् ।

यो संस्करणको लिग चरणमा चितवन र पोखराले दुई खेल खेलेका थिए । दुवै खेलमा चतिवनले सहज जित निकालेको थियो ।


दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ । दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका छन् ।

चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै पारजित गरेर फाइनल पुगेको हो । पोखराले भने अर्को अवसरमा भैरहवा ग्लाडिएटर्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै चितवनसँग भेट पक्का गरेको हो ।

जितवन लिग चरणमा पाँचमध्ये चार खेल जित्दै ८ अंक जोडेर पहिलो भएको थियो भने पोखरा तीन जित र १ बराबरीबाट ७ अंक जोड्दै दोस्रो भएको थियो । लिगमा पोखरा चितवनसँग मात्र पराजित भएको थियो ।