तुलसीपुर
२३ असोज / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले तुलसीपुर कार्यालय स्थापना गरेको छ ।
शनिबार तुलसीपुर ९ दोघरेमा कार्यालय स्थापना गरेको अध्यक्ष घनश्याम डाँगीले बताए । पार्टीका नगर अध्यक्ष खुसीराम चौधरी, संगठनका केन्द्रीय सदस्य यज्ञबहादुर केसीलगायतको सहभागितामा कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापना भएपछि आफूहरुलाई निकै सहज भएको अध्यक्ष डाँगीले बताए ।
लाइभदाङ । २३ आश्विन २०७८, शनिबार १२:२० बजे