‘लागु औषध ओसारपसारको गिरोह समातेपछि मेडिकल सल्बलाए’

दाङ,
२३ भदौ । ईप्रका तुलसीपुरका प्रमुख श्यामु अर्यालले आफू आएदेखि लागु औषध ओसारपासर रोक्ने कार्यलाई ठप्प पारेपछि मेडिकल सल्बलाएको बताएका छन् । असार १५ यता लागुऔषध ओसार–पसार तथा सेवन गर्ने २४ जनालाई पक्राउ गरिएको छ । ति मध्ये एकैपटक १२ जनालाई पक्राउ गरिएको हो ।

अहिले १० वटा लागुऔषध ब्राउनसुगर विक्री वितरण कारोवार र सेवन गर्नेहरु विरुद्ध मुद्दा दर्ता भएका छन् । तुलसीपुर लागुऔषध ओसारपसारको ट्रान्जिट प्वाईन्टका रुपमा रहेको छ । त्यसैले पनि आफूले पहिलो प्राथमिकता यसलाई लिएको उनको भनाई छ ।‘असार १५ यता हामीले लागुऔषध ओसारपसारलाई धेरै कन्ट्रोल गरिसकेका छौं’, उनले भने‘लागुऔषध ब्राउन सुगर ओसारपसार राखिएपछि यहाँका प्रयोगकर्ता निकै छटपटि भएपछि मेडिकलबाट ट्रमाडोललगायतका औषधीहरुको विक्रीवितरण बढेको पाईएपछि मेडिकहल सञ्चालकहरुलाई पनि हामीले नियन्त्रणमा लिएका छौं ।’उनका अनुसार अहिलेसम्म त्यस्ता पदार्थ विक्रीवितरण गर्ने तीन जना मेडिकल सञ्चालकहरुलाई पक्राउ गरि कानुन बमोजिम कारवाही अगाडी बढाउन औषधी विभागमा पठाईसकिएको छ ।

अहिले तुलसीपुरमा लागुऔषध प्रयोगकर्ता र कारोवारीको संख्या न्यून रहेको उनको भनाई छ ।

एम्बुलेन्समा जरायोको ओसार पसार !
सामान्यतया एम्बुलेन्समा विरामी मानिशहरु ओसार पसार गरिन्छ । तर, त्यही एम्बुलेन्सले आफ्नो अधिकार दुरुपयोग गर्दै अबैद्य काम गर्दै आएका छन् ।

त्यसको एउटै उदाहरण हो–एम्बुलेन्समा बन्यजन्तुका ओखेटो चोरी निकासी ।असार १० गते राति रा १ च ४९७ नम्बरको एम्बुलेन्सलाई अबैद्य रुपमा जरायोको सिड ओसारपसार गरिरहेको अबस्थामा पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ गहतेखोलाबाट एम्बुलेन्ससहित तीनजना माशिनलाई पक्राउ गरिएको प्रमुख अर्यालले बताए ।

चाडपर्व योजना : सुनचाँदीपसलदेखि गाडी अनुगमनमा प्रहरी परिचालन
चाडपर्व भित्रिएसंगै ईलाका प्रहरी कार्यालय तुलसीपुरले सुरक्षालाई मजवुत बनाउने भएको छ । तुलसीपुरमा अपराधिक बढि हुने क्षेत्र रहेकाले चाडपर्वमा विशेष सुरक्षा व्यबस्था अपनाएको ईप्रका तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनका अनुसार अहिले बैंक तथा सुनचाँदी पसलहरुमा समेत सादा पोशाकमा प्रहरीहरु परिचालन गरिएको छ ।


त्यस्तै चाडपर्वमा यातायात क्षेत्रमा पनि बढि चाप रहेको छ । छतमा समेत यात्रु राखेर दुई गुना बढि यात्रुहरु चढाउने गरिएको पाईएको भन्दै यसमा पनि कडा निगरानी गरेको उनको भनाई छ।‘अहिले पहाडतिर जाने गाडीमा ६०/७० जना यात्रुहरु राख्ने गरेको पाईएको छ’, उनले भने‘ ३० जनाको सिट क्षमता भएका गाडीमा यसरी बढि यात्रु राख्दा दुर्घटना बढ्ने भएकाले हामीले निगरानी बढाएका छौं, हिजो मात्रै ६ वटा गाडीलाई कारवाही गरेका छौं ।

’पहाडतिरको बाटो कच्ची हुने भएकाले क्षमता भन्दा बढि यात्रु राख्दा दुर्घटना बढ्न सक्ने भन्दै यसमा निगरानी बढाएको उनको भनाई छ । साथै ठाउँ–ठाउँमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएको उनले बताए । तुलसीपुर साबिक राप्ती अञ्चलको केन्द्र हो । जहाँबाट रुकुम, सल्यान, रोल्पाकालागि बढि यात्रुहरु आवतजावत गर्छन् ।

अबैद्य ८५ क्यूफिट काठ बरामद, ७७ सवारी साधन नियन्त्रणमा
तुलसीपुर प्रहरीले असार १५ यता अबैद्य ८५ क्यूफिट काठ बरामद गरेको छ । उक्त काठसहित चारजनालाई पक्राउ गरि आबश्यक कारवाहीकालागि जिल्ला बन कार्यालय दाङमा पठाईएको छ ।

त्यस्तै अबैद्य रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ७७ सवारी साधनलाई यो अबधीमा नियन्त्रणमा लिएको प्रमुख अर्यालले बताए । उनका अनुसार ७० वटा ट्याक्टर, ५ वटा टिप्पर र २ वटा जेसीवीलाई नियन्त्रणमा लिईएको हो । जसबाट उपमहानगरपालिकालाई १८ लाख ८५ हजार राजश्व संकलन भएको छ ।

तीन महिनामा १८८ प्रतिवादी पक्राउ
कार्यालयले तीन महिनामा एकसय ८८ प्रतिवादी पक्राउ गरेको छ । शनिबार पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिए । एकसय ४४ मुद्दा दर्ता भएकोमध्ये एकसय ८८ जना प्रतिवादीहरु पक्राउ गरि कानुन बमोजिम कारवाही अघि बढेको छ । ति मध्ये ९३ जनालाई पुर्पक्षकालागि कारागार चलान गरिएको छ, भने ९६ जना धरौटीमा हिरा भएका छन् ।

साथै अदालतबाट फैसला भइ सजाय पाई फराररहेका ११ जना प्रतिबादीलाई पक्राउ गरि अदालतमा बुझाएको प्रहरीले बताएको छ । त्यस्तै अनुसन्धानको क्रममा फरार रहेका १५ प्रतिवादीहरुलाई पक्राउ गरि अनुसन्धान गरिएको उनको भनाई छ ।