क्यान्सर पिडित केसीलाई अमेरिकाबाट डेढ लाख बढी आर्थिक सहयोग

हापुरे, २९ मंसिर।
दाङको बबई गाउँपालिका ५ हापुरेका क्यान्सर पिडित भरत केसीलाई अमेरिकाबाट डेढ लाख बढी आर्थिक सहयोग गरिएको छ । क्यान्सर पिडित केसीको उपचारका लागि दाङको बबई गाउँपालिका स्थाई ठेगाना भई हाल अमेरिकामा रहेका १८ जना युवाहरुले १ लाख ७५ हजार ५ सय ६९ रुपैयाँ सहयोग गरेका हुन् ।

२२ बर्षिय केसीको विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार पछि थप उपचारका अहिले भारतको राजिब गान्धि क्यान्सर अस्पताल दिल्लीमा उपचार भैरहेको छ । केसीलाई Bone marrow trasplant  गर्नु पर्ने अस्पताल स्रोतले बताएको छ ।


केसीको उपचारका निम्ति नेपाली ५० लाख लाग्ने अस्पतालले जनाएको छ । एकैसाथ ठुलो रकम जुटाउन अप्ठ्यारो हुने भन्दै परिवारले सहयोगको निम्ति अपिल गरेका थिए । परिवारले अपिल गरेपछि यतिबेला केसिको उपचार सहयोगार्थ रकम संकलन भैरहेको छ।