कुकुरको टोकाइबाट घोराहीमा दुई जना बालकको मृत्यु

दाङ, २५ मंसिर । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० को सिस्वानी अम्राइमा कुकुरको टोकाइबाट १ हप्ताको अन्तरालमा दुई जना वालकको उपचार गर्दा गर्दै मृत्यु भएको छ ।
मृत्यु हुनेमा २०८० मंसिर २२ गते घोराही उपमहानगरपालिका – १० अमराई निवासी, नरेश चौधरी र अनिता चौधरीको ५ वर्षकी सुपुत्री, निलम चौधरी र २०८० मंसिर २४ गते घोराही उपमहानगरपालिका – १० अम्राइ सिस्वानी कै, गिता ओलि र गिरिराज ओलीको ६ वर्षका सुपुत्र, गम्बिर ओली रहेका छन । घाइते ओलीको भारतको लखनउमा उपचार गर्दै गर्दा मृत्यु भएको परिवारका सदस्यले जानकारी दिनु भएको छ ।


एकै गाउँका दुई जना बालकको मृत्यु भए सङै गाउँमा डर – त्रासको वातावरण सिर्जना भएको स्थानिय कृष्ण रावत बताउनु हुन्छ । अरु कसैलाई आक्रमण गर्नु भन्दा पहिले नै सबै मिलेर कसरी हुन्छ यसलाई नियन्त्रण गर्नु पर्ने उहाँको भनाइ रहेको । रावत भन्नू हुन्छ पहिला कुकुरले टोकेको भनेर रेबिजको इन्जेक्सन लगाइयो निको भएर घर आइ स्कुल जान थालेका थिए पछि अलि गारो भयो भनी अस्पताल भर्ना गरियो । कुकुरले टोकेको २ दिन पछी निलमको घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मृत्यु भएको थियो भने ओलिको लखनउमा उपचार गर्दै गर्दा मृत्यु भएको हो ।