तुलसीपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा ४ जना घाइते

तुलसीपुर, २७ माघ ।  दाङको तुलसीपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर ७ निवासी १९ वर्षीय अर्पन पुन, पैदलयात्री सोही ठाउँ निवासी ३७ वर्षीय कमला बस्नेत, मोटरसाइकलमा पछाडी सवार तुलसीपुर ४ रक्षाचौर निवासी २७ वर्षीय मन्जिल पुन र रुकुम पश्चिमको चौरजहारी १३ का २९ वर्षीय हुमलाल शर्मा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।


प्रहरी निरीक्षक मल्लका अनुसार तुलसीपुरबाट रक्षाचौर तर्फ जादै गरेको रा ५ प ७१०९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको रा १ त ४०२१ नम्बरको ट्याक्टर तुलसीपुर ५ गोदाम घर नजिकै ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका चारैजना राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पटी डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।