पोषणयुक्त तथा सन्तुलित भोजनको कमिले बालबालिकाको वृद्धि र विकासमा असर पुर्याउछ: अध्यक्ष गिरी

प्रमोद आचार्य 

दंगीशरण,२२ मङ्सिर । पोषणयुक्त तथा सन्तुलित भोजनको कमिले बालबालिकाको वृद्धि र विकासमा असर पुर्याउने दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन । चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालको आर्थिक सहयोग तथा ब्याकवार्ड सोसाइटी एजुकेसन बेशको सहजिकरणमा दंगीशरण ६ मा रहेको भानु मा.वी प्रसडुवामा आयोजित smilling children  school feeding programme को lunch ceremony कार्यक्रममा अध्यक्ष गिरीले एस्तो बताएकाहुन ।दाङका १० वटै स्थानियतह मध्य दंगीशरण गाउँपालिका सबैभन्दा सानो गाउँपालिका रहेको र दलित तथा जनजातीको उल्लेख्य बसोबास रहेको गाउँपालिका रहेकाले पनि चाइना  फाउन्डेसनले यहाँका १५ वटै सामुदायिक बिधालयमा आफ्नो कार्यक्रम लागु गरीदिन आग्रह गरे ।

यस्तै कार्यक्रममा बोल्दै वडा न.६ का वडा अध्यक्ष तथा भानु मा.वी प्रसडुवाका विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रोशन जंग शाहले आफ्नो वडाका बिपन्न नागरीकका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा प्रती विद्यार्थी दैनिक ५७ का दरले पोषणयुक्त खानामा लगानी गरेको चाइना फाउन्डेसन प्रती खुसि ब्यक्त गरे । अध्यक्ष शाहले आफ्नो वडामा आफुले स्वास्थ्यमा केहि सुधार गर्न चाहेको जनाउदै चाइना फाउन्डेसनले स्वास्थ्यको क्षेत्रमा पनि लगानि गरीदिय आफु आभारी हुने बताए ।

कार्यक्रममै दंगीशरण गाउँपालिका शिक्षासाखा प्रमुख बिनोद अधिकारीले चाइना फाउन्डेसनको कार्यक्रमल्व कुपोषणलाइ हटाउन सहयोग गरेको ,विद्यार्थीहरुलाइ कक्षा नियमितमा सहयोग गरेको बताए । दंगीशरण गाउँपालिका सानो गाउँपालिका रहेकाले  नेपालको एउटा नमुना मोडेलको रुपमा यहाँका बिपन्न विद्यार्थीहरुमाझ  परीयोजना अगाडी बढाइदिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै ब्याकवार्ड सोसाइटी एजुकेसन बेशका कार्यकारी निर्देशक चुर्ण चौधरीले समाजमा पछाडि परेका बालबालिकाहरुको लागी अभियान थाल्दै भबिष्यका कर्णधारहरुलाइ सैक्षिक अभियानमा जोडिएको बताए ।


शिक्षामा गरेको लगानिले तुरुन्तै प्रतीफल नदेखिने भएकाले  शैक्षिक गुणस्तरको सवालमा अगाडी निरन्तर लाग्नुपर्ने बताए । बालबालिकाहरुको क्षेत्रमा शिक्षामा लगानि गर्न स्रोत खोज्न लागीरहेको र दाङमा शिक्षाको क्षेत्रमा अर्को ठुलो कार्यक्रम ल्याउन लागेको समेत निर्देशक चौधरीले जानकारी गराए ।

गतवर्ष देखी दंगीशरणका ३ वटा सामुदायिक विद्यालयमा आफ्नो दिवा खाजा कार्यक्रम लागु गरेको चाइना फाउन्डेसनले आज बार्षिक ceremony मनाएको हो । चाइना फाउन्डेसनबाट आएका ३ जना चिनिया नागरिकले छिमेकी रास्ट्र्को रुपमा नेपालमा आफनो कार्यक्रम लागु गरेकोमा खुसि ब्यक्त गरे ।

कार्यक्रम वडा न.६ का वडा अध्यक्ष तथा विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रोशन जङ्ग शाहको सभापतीत्व,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा शिक्षासाखा प्रमुख बिनोद अधिकारीको बिशिस्ट आथित्यतामा भएकोथियो ।

स्वागत मन्तब्य बिधालयका शिक्षक पदम बहादुर वलिको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक कैलाश अधिकारीले गरेकाथिए।