महिला हिंसा रोक्न महिला पुरुष दुबैको हात रहन्छ: उपप्रमुख योगी

प्रिया स्मृती गजमेर
लमही, २५ मंसिर । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको एक्यवद्धता भन्ने मुल नाराका साथ शुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन भएको छ ।

कार्यक्रममा बोल्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले लैंगिक हिंसा रोक्नमा लागि महिला पुरुष दुबैको हात हुने बताउनु भयो । यो हिंसालाई निर्मुल पार्नका लागि साझा मुद्दा बनाएर अगाडी बढ्नु पर्छ, महिलाले एक्लै चाहेर मात्र सफल हुँदैन यो विषयमा पुरुषले पनि सक्रियता देखाइ दिनु पर्छ”- उपप्रमुख योगीले भन्नू भयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले हिंसाको अन्त्य गर्नका लागि आफैबाट शुरूवात गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । अहिले पनि महिला र बालबालिकाको सवालमा उनिहरु माथी हिंसा अझै बढ्दो रुपमा रहेको र हिंसाको प्रकार फरक हुँदै गएपनि पीडा एउटै भएको सहभागीहरुको भनाई छ ।


महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी मेनका खड्काले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो भने स्वास्थ शाखा प्रमुख नारायण प्रसाद शर्माले स्वागत गर्नु भएको थियो ।

देउखुरी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष गोमा बस्नेत, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य लगायतले बोल्नु भएको थियो ।

त्यस्तै बाल दिवसका अवसरमा आयोजित गरिएको वक्तृत्वकला कार्यक्रममा उत्कृष्ट भएका चारजना छात्र र चार जना छात्रा गरि आठ जनालाई नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।