६ महिनादेखि वेपत्ता भएकी कुमालको खोजी गरिदिन आग्रह

कृष्ण अधिकारी
तुलसीपुर

२२ असोज/ धादिङको निलकण्ठेश्वर नगरपालिका वडा नं. ४ निवासी २३ बर्षीया ईश्वरी कुमाल ६ महिनादेखि वेपत्ता भएकी छिन् ।

उनी गएको चैत १५ गतेदेखि वेपत्ता भएकी हुन् । उनको २ बर्षीया छोरीलाई पनि साथमै लिएकी हुन् ।

उनकी दिदी लक्ष्मी गुरुङका अनुसार घरमा कसैलाई थाहा नदिएर निस्केको बताईन् । उनको खोजी गरिदिन परिवारले अनुरोध गरेको छ ।


यदि भेटाएमा नजिकको प्रहरी चौकी वा ९८१२८९१०५१ मा सम्पर्क गर्न समेत परिवारको अनुरोध छ ।