दाङमा दुई दुर्घटनामा पाँच घाईते

तुलसीपुर, २ फागुन ।
दाङमा पिकअपको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन । घाइते हुनेमा मोटरसाईकल चालक बबई गाउँपालिका ४ निवासी ४२ वर्षीय जेड बहादुर पुन र सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाँउ निवासी ३६ वर्षीय निम बहादुर सोती मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मंगलबार दिउसो साढे ३ बजेको समयमा तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको लु १ झ १४९२ नम्बरको पिकअपले विपरीत दिशाबाट आइरहेको रा २ प ५५९९ नम्बरको मोटरसाइकललाई तुलसीपुर २ नन्द्रा गाँउ नजिकै ठक्कर दिदा दुर्घटना भएको हो । घाइते दबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने पिकअप चालक बबई ५ निवासी ३१ वर्षीय सुनिल बिकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।


यस्तै तुलसीपुरमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खादा तिन जना घाइते भएका छन । घाइते हुनेमा रा ६ प ३७७० नम्बरको मोटरसाइकल चालक तुलसीपुर ६ निवासी २६ वर्षीय प्रेम खत्री, रा ४ प २२२६ नम्बरको माटरसाइकल चालक शान्तिनगर गाउँपालिका ३ निवासी ३२ वर्षीय प्रकाश बुढाथोकी र सोही मोटरसाइकलमा सवार शान्तिनगर ४ निवासी ४९ वर्षीय चेतानन्द बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते तिनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तुलसीपुर ५ राजस्व कार्यलय नजिकै बिरेन्द्र चोक तर्फ आउदै गरेको रा ६ प ३७७० नम्बरको मोटरसाइकलले बिपरीत दिशा बाट जादै गरेको रा ७ प २२२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीको भनाई छ । दुबै घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।