तुलसीपुरमा गुरुकुल एकेडेमीको शाखा बिस्तार

तुलसीपुर, २१ मंसिर ।
दाङको गुरुकुल एकेडेमीले तुलसीपुरमा सेवा बिस्तार गरेको छ । बिगत ८ बर्ष देखि जिल्लाको घोराहीबाट सेवा दिदै आएको एकेडेमीले आगामी शैक्षिक सत्रदेखी तुलसीपुरबाट शैक्षिक सेवा सुरु गर्ने जनाएको छ । एकेडेमीले बिहिवार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै सेवाक्षेत्र विस्तारका बारेमा जानकारी गराएको हो ।

गुरुकुल एकेडेमीले थप शाखाको रुपमा तुलसीपुरमा पठनपाठन सन्चालन गर्ने लागिएको संस्थापक अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिए ।

“शिक्षा,सस्कार र सस्कृतिको त्रिवेणी,गुरुकुल एकेडेमी” भन्ने नारासहित वि.सं. २०७२ सालमा दाङमा स्थापना भएको गुरुकुल एकेडेमीले घोराहीको सफलता पछि अव तुलसीपुर र लमहीमा सेवा विस्तार गर्न लागेको उनले जानकारी दिए । घिमिरेले पछिल्लो समय बालबालिकाहरुमा पाठ्यपुस्तकसंगै जिवन उपयोगी, अतिरिक्त तथा प्रविधिमैत्रि शिक्षा पनि अति आवश्यक भएको हुदा यसलाई मध्येनजर गर्दै गुरुकुल एकाडेमी अगाडि वढेको वताए।

कार्यक्रममा गुरुकुल एकाडेमी घोराहीका प्रिन्सिपल डाक्टर कृष्णराज डिसीले दाङमा सरकारी तथा निजीस्तरका धेरै विद्यालयहरु भएता पनि गुरुकुलले प्रदान गर्ने शिक्षा संस्कार वेग्लै प्रकारको भएको बताए । यसकारण पनि अविभावकहरु यसतर्फ आकर्षित भएकोमा जोड दिए । डिसीले उनले गुरुकुलले शिक्षामा नयाँ ईट्टा थप्नेकाम गरेको समेत बताए।

कार्यक्रममा गुरुकुल एकेडेमी तुलसीपुरका नवनियुक्त प्रिन्सीपल मुकुन्द गिरीले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन तुलसीपुरबाट सेवा विस्तार सुरु गरेको बताए । विद्यालयमा जीवन उपयोगि सीपहरुलाई विशेष प्राथमिकतामा राखेर पठनपाठन गराइने उनले बताए।


प्रबिधि मैत्री कक्षा कोठा ,शान्त र सुरक्षित बाताबरण हुने भएकाले एकेडेमीले अरुभन्दा फरक ब्यबस्थापनमा शैक्षिक गतिविधि सन्चालन गर्दै आएको जानकारी दिए।

पुराना संस्कार संस्कृतको संरक्षण सम्मुनत मानव निर्माण गुरुकुलको मुख्य उदेश्य रहेको उनको भनाइ थियो । उनका अनुसार आगामी शैक्षिकसत्र देखि पठनपाठन सुरु हुनेछ भने यहि माघ ११ गते सरस्वती पुजाको दिन देखि नया भर्ना अभियान खुल्ला हुनेछ ।

शिक्षाविद रामचन्द्र कंडेलले आउदो शैक्षिकसत्र देखि लमही क्षेत्रमा पनि विद्यालयले पठनपाठन सन्चालन गर्ने योजना रहेको बताए ।

संस्थाका सिइओ जयन्त उपाध्याय भ्याली स्टार बोर्डिङ स्कुललाई मर्ज गरि गुरुकुल एकेडेमी तुलसीपुर स्थापना गरेको बताए । शिक्षाविद विष्णुकुमार देवकोटाले सिपयुक्त जनशक्ति निमार्णमा गुरुकुलले विशेष ध्यान दिनुपर्ने बताए।
नेपाल पत्रकार महासंघ दाङ शाखा सह-सचीव दिप्तिशिखा चौधरीले गुरुकुलले नैतिक र व्यबहारिक शिक्षालाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधि सन्चालन गर्नुपर्ने बताइन।

गुरुकुल एकेडेमी तुलसीपुरका सन्चालक समिती सदस्य अभियान बस्नेतको स्वागत सहजीकरण प्लसटु कोर्डिनेटर निमानन्द गैरेले गरेका थिए।