दंगीशरण ५ मा समुदायमा काङ्ग्रेस अभियानको औपचारिक उद्घाटन

दंगीशरण, १६ माघ/

नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यक्रम अन्तरगत माघ १६ (आज) गते देखि माघ २६ गते सम्म संचालन हुने ‘समुदायमा  जाउ समाजलाइ सुनौ’ भन्ने कार्यक्रम अन्तरगत समुदायमा काँग्रेस अभियान आज मंगलबार देखि  देशैभर सुरु भएको छ । सोही अभियान अन्तर्गत मंगलबार दंगीशरण गाउँपालिका वडा न. ५ मा नेपाली काँग्रेसले औपचारिक कार्यक्रम गरी अभियानको उद्घाटन गरेको छ ।


नेपाली काङ्ग्रेस दंगीशरण  ५ का वडा सभापती बिश्वमणि देवकोटाको सभापतित्व, जिल्ला प्रतीनिधिको रुपमा खटि आउनुभएका नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतीनिधि बिमल रिजालको प्रमुख आथित्यता तथा दाङ जिल्ला सदस्य निमा चौधरीको बिशिस्ट आथित्यतामा अभियानको उद्घाटन गरिएको हो ।

उक्त अबसरमा सहिदहरुको सम्झनामा उच्च सम्मान गर्दै  आगामी माघ २६ गतेसम्म काङ्ग्रेस  अभियान अन्तर्गत  कार्यक्रमहरु तय गरिएको छ । नेपालि काङ्ग्रेस दंगीशरण ५ का युवा नेता प्रमोद आचार्यको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण नेपाली काङ्ग्रेस दंगीशरणका वडा न. ५ का सचिव अर्जुन भट्टराईले गर्नु भएको थियो ।