तुलसीपुरमा बस र मोटरसाइकल ठोक्किदा एक जना घाईते

तुलसीपुर, २ चैत ।
तुलसीपुरमा बस र मोटरसाइकल एक–आपसमा ठोक्किदा एक जना घाईते भएका छन् । घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर–१८ मनिकापुरमा भएको दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–१८ का ४१ वर्षिय बम बहादुर रोका घाइते भएका छन् ।

रोकाको बाँया कोखामा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए । उनका अनुसार घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।


घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३९१ नम्बरको बसले विपरित दिशाबाट गइरहेको रा ५ प ८५८८ नम्बरको मोटरसाईकललाई बुधबार दिउँसो पौने चारबजेतिर ठक्कर दिएको हो । दुर्घटनापछि बस र चालकलाई प्रहरी चौकी बिजौरीले नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ ।