दंगीशरणमा ३ दिने कानुनी अभिमुखिकरण कार्यक्रम आज देखि शुरु

दंगीशरण,१४ असार ।
दंगीशरण गाउँपालिकाको आयोजनामा न्यायिक समितिसङ्ग सरोकारवालाहरुको लागि कानुनी अभिमुखिकरण कार्यक्रम आजदेखि दंगीशरण गाउँपालिकाको सभाहलमा शुरुभएको छ । शुक्रवारदेखि आइतबार ३ दिनसम्म चल्ने कानुनी अभिमुखिकरण आज एक कार्यक्रमकाविच उद्घाटन गरीएको हो ।

कानुनी अभिमुखिकरण उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी,र मेलमिलापकर्ताहरुका लागि न्यायिक समितीवारे जानकारी गराउन कार्यक्रमको आयोजना गरीएको बताउनुभयो । ३ दिन सम्म चल्ने अभिमुखिकरणले न्यायिक समिती र मेलमिलापकर्तालाई न्याय सम्पदानमा सहज पुग्ने विस्वास ब्यक्त गर्नुभयो ।


सोहि अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले कानुनको छुट कसैलाई नहुने हुँदा कानुनी बिज्ञताका बारेमा जानकार रहन आग्रह गर्नुभयो । स्थानिय तहमा मेलमिलापकर्ताहरु उजुरी प्रशासक तथा २ जना कार्यपालिका सदस्य सहितको न्यायिक समिती रहने हुँदा न्याय सम्पादनको क्रममा आइपरेका समस्या तथा सावधानहरुको सहजताका लागि कानुनि अभिमुखिकरण कार्यक्रमले सहयोग गर्ने अपेक्षा गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेको स्वागत मन्तब्यबाट शुरुभएको उद्घाटन कार्यक्रमको सहजीकरण शिक्षा साखा सहायक उमा केसीले गर्नुभएकोथियो । ३ दिने अभिमुखिकरणको प्रशिक्षकमा उच्च सरकारी वकिल कार्यालय तुलसिपुरका सह न्याधिबक्ता मोहन सागर बस्याल रहनुभएको छ ।