शानदार पुनरागमन जितसहित फ्रान्स फाइनलमा

काठमाडौं २२ असोज ।

बेल्जियमविरूद्ध उत्कृष्ट पुनरागमन जितसहित फ्रान्स युइएफए नेशन्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार राति भएको सेमिफाइनलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सले बेल्जियमलाई ३(२ ले पराजित गरेको हो । थियो हर्नान्डेजले इन्जुरी टाइममा गोल गर्दै फ्रान्सलाई जित दिलाएका हुन् ।


इटालीको एलिनाज स्टेडियममा भएको खेलमा यानिक कारसाकोले ३७औं र रोमेलु लुकाकुले ४०औं मिनेटमा गोल गरेपछि बेल्जियमले पहिलो हाफमा दुई गोलको अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा फ्रान्सले शानदार कमब्याक गर्‍यो । करिम बेन्जामाले ६२औं र किलिएन एमबाप्पेले ६९औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि फ्रान्सले खेल बराबरी गर्‍यो ।

इन्जुरी टाइममा हर्नान्डेजले गोल गरेपछि फ्रान्सले खेल ३(२ ले जित्यो ।