मन्त्री मास्कीद्वारा संस्कृत माविको अवलोकन

तुलसीपुर,१७ मंसिर ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित जनता संस्कृत माबिको अवलोकन गरेका छन् ।


आईतबार सोहि विद्यालयको अवलोकन गर्नुहुँदै मन्त्री मास्कीले विद्यालयको भौतिक संरचना निर्माणकालागि बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले चालु बर्षमै फर्निचरको ब्यबस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।