दंगीशरणमा–५ मा लघुउद्यम विकास अभिमुखिकरण कार्यक्रम

प्रमोद आचार्य
दंगीशरण, १२ मंसिर ।
दंगीशरण गाउँपालिकाको आयोजनामा लघुउद्यम विकास कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम वडा नं.५ को डाडाचिस सामुदायिक भवनमा सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रम वडा नं.५ का वडा अध्यक्ष निरज बस्नेतको सभापतीत्व,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेको बिशिस्ट आथित्यतामा भएकोथियो ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले बिगतका वर्षदेखी नै सिपमुलक तालिमहरु प्रदान गरीएपनि त्यस्ता तालिमहरुबाट उचित प्रतिफल आउन नसककोप्रती दुःख ब्यक्त गर्नुभयो । हरेक किसानले केहि न केहि सिप सिकी आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । हरेक कुराको आयातमा भरपर्नुपर्ने स्थितीलाई सुधार्दै निर्यात तर्फ उन्मुख हुन सम्पुर्ण लघुउद्यमीहरु निरन्तरताका साथ लाग्नुपर्ने बेला आएको बताउनुभयो ।

स्थानिय स्रोतसाधनको उच्चतम प्रयोग गरी आयआर्जनमा वृद्धि गर्न सके मात्र आफुहरुले प्रदान गरीएका सिपमुलक तालिमहरुले सार्थकता पाउने अध्यक्ष गिरीले बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै वडा नं. ५ का वडा अध्यक्ष निरज बस्नेतले तालिममा सिकेका सिपहरु तालिममा मात्र नभइ व्यवहारमा समेत लागु गर्न आग्रह गर्नुभयो ।


अभिमुखिकरण कार्यक्रममा बिशिष्ट अथितीको आसनबाट बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिलाराम पाण्डेले महिलाहरुलाई आर्थिक क्रियाकलापमा जोड्न तथा बढदो बैदेशिक रोजगारलाई कम गर्न तथा बढ्दो आयातित वस्तुहरुमा कमि ल्याउन लघुउद्यम विकासले सहयोग गर्ने बताउनुभयो । उद्यमिहरु क्रियासिल रहि मिहेनत तथा लगनसिल तवरले लागे सरकार पक्षबाट भरपुर साथ रहने अधिकृत पाण्डेले बताए ।

अभिमुखिकरण कार्यक्रममा स्वागत मन्तब्य तथा बिषयवस्तुमथि प्रकाश पार्दै लघुउद्यम विकास सहजकर्ता कल्पना बिष्टले सानो ब्यबसायमा आस्रीत नागरीकहरुका लागि ब्यबसायप्रती अभिरुचि जगाउन र बिषेश गरी महिला उद्यमीहरुकालागि लक्षित गरी नेपाल सरकारले यो कार्यक्रम अगाडी बढाएको बताउनुभयो ।

आर्थिक वर्ष २०८०र८१ मा वडा नं. ५ मा व्यवसाय गर्न चहाने १६ देखी ४० वर्ष उमेर समुहका ब्यक्तीलाई बिषेश जोड दिई दलित जनजाती तथा समाजमा पछाडी पारीएका ब्यक्तीहरुका लागि सिपमुलक तालिम प्रदान गरीने जानकारी गराउनुभयो ।

यस्तै यस वर्ष वडा नं.५ मा २५ देखी ३० जना महिला उद्यमी तयार गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडी बढाइएको बताउनुभयो । व्यवसायमा लागेकोलाई सफल बनाउन तथा ब्यवसायमा नलागेका किसानलाई व्यवसायमा अभिरुचि जगाउन तालिमले सहयोग पुर्याउने अपेक्षा ब्यक्त गर्नुभयो ।