तुलसीपुरमा पीकअप दुर्घटना हुँदा दुई जना घाइते

तुलसीपुर, १७ फागुन ।
दाङको तुलसीपुरमा पीकअप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा चालक सल्यानको कपुरकोट गाउँपालिका ४ निवासी २२ वर्षीय प्रकाश वली र सोही ठाउँ जिवासी २८ वर्षीय देब बहादुर विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिुभएको छ ।


बुधबार दिउँसो ४ बजेको समयमा तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा १ त ३८४ नम्बरको पीकअप सल्यान रोडमा दुर्घटना भएको प्रहरीको भनाई रहेको छ । पीकअप ओभर स्पीडका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।