तुलसीपुरमा मिर्गौला रोग विशेषज्ञ आउदै

तुलसीपुर, ७ मंसिर ।
दाङको तुलसीपुरमा मिर्गौला रोग विशेषज्ञ आउदैछन् ।

लामो समय विरेन्द्र सैनिक अस्पताल तथा मार्क किड्नी सेन्टर काठमाडौंमा कार्यरत बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिवाकर मानन्धर तुलसीपुर आउन लागेका हुन् ।


मंसिर ८ गते शुक्रबार तुलसीपुर स्थित कम्युनिटि फार्मेशी(पाल्पाली पोलिक्लिनिक)मा आउन लागेको सञ्चालक सुरज ज्ञवालीले बताए ।

बढि पिसाब लाग्नु, अनियन्त्रित उच्च रक्तचाप,मुख र खुट्टा सुनिने समस्या,रिंगाटा लाग्ने समस्या, मांसपेशी ऐठन, खुट्टाको तल्लोभाग सुनिनेलगायतका समस्या समाधानकाागि डा. मानन्धर तुलसीपुर आउन लागेका हुन् ।