दाङ
७ मंसिर / नेपाली काँग्रेसको दाङमा तीन प्रतिनिधिसभा सभापतिकालागि ७ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. ३ मा तीनजनाको उम्मेदवारी परेको छ, भने अन्य दुईवटा क्षेत्रमा भने २÷२ जनाको उम्मेदवारी परेको छ ।
खासमा दाङमा देउवा र पौडेल पक्ष आ–आफ्ना उम्मेदवार बनाएर चुनाबी मैदानमा होमिएका छन् । क्षेत्र नं. १ को सभापतिकालागि देउवा पक्षका भेषराज पाण्डे र पौडेल पक्षका सर्वजित डीसी प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ को सभापतिकालागि देउवा पक्षका भिमप्रकाश खड्का र पौडेल पक्षका चित्रबहादुर डाँगी(निर्मल)ले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै क्षेत्र नं. ३ को सभापतिकालागि देउवा पक्षका सुरेन्द्रबहादुर खड्का र पौडेल पक्षका जगतबहादुर खड्काले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं. ३ मा एकल रुपमा किरण शाहले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
संघीय निर्वाचन क्षेत्रको प्रतिनिधिकालागि मंगलबार महाधिवेशन हुन गइरहेको छ ।
लाइभदाङ । ६ मंसिर २०७८, सोमबार १९:१३ बजे