६ सयबाट एकैपटक १३ सय नाघ्यो ‘खाने तेल’

देवराज कडेँल
दाङ
१९ असोज / खानेतेलको मूल्य दुईगुणा बढेको छ । ६ सय रुपैँयाबाट एकैपटक बढेर एक हजार तीन सय भन्दा बढि भएको छ । लकडाउनको समयमा एकाएक बढेको तेलको मूल्य लकडाउन खुल्दा समेत घटेको छैन । तेलको मूल्य आकासिदा उपभोक्ताहरु मारमा पर्ने गरेका छन् ।‘लकडाउनमा तेलको अभाब देखाउँदो मूल्य ६ सयबाट एकैपटक बढेको हो’, तुलसीपुर ९ पुलचोक स्थित न्यू वली स्टोरका सञ्चालक सुरेश वलीले भने‘तर, अहिले लकडाउन खुलेको लामो समय भइसक्दा पनि मूल्य घट्न सकेको छैन ।’ खरिद गर्दा नै मूल्य बढेर आएकाले यता पनि महंगो मूल्यमा बेच्नु परेको उनको भनाई छ । यसरी मूल्य दोब्बर हुँदा उपभोक्ताहरु मारमा पर्ने गरेका छन् ।

खाने तेल मात्र नभएर हरेक सामानको मूल्य महंगो हुँदै गएको छ । तुलसीपुर ५ मा होटेल ब्यबसाय गर्दै आएका खुम बहादुर वलीले खाने तेल लगायत सबै खाद्यान्नमा मूल्य बृद्धि भएको बताए । चैत बैशाखमा १४ सय पर्ने चामल पनि अहिले २१ सय गर्ने गरेको उनले बताए । लकडाउनको समयमा यसरी बढेको मूल्यका सन्दर्भमा पनि प्रभाबकारी रुपमा अनुगमन हुन सकेको छैन । मूल्य यसरी आकासिनुको कारण लकडाउनलाई नै देखाईएको छ ।


अहिले अनुगमन भइरहेको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हिस संरक्षण महाशाखा प्रमुख रेखा शर्माले बताईन् । ग्राहकहरुले कमसल बस्तु खरीद गर्न नपरोस् र ब्यापारीले खाद्यान्न बिक्रीमा गर्ने कालो बजारी रोक्न अनुगमनको काम भइरहेको उनले बताईन् । खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयको टोली पनि अनुगमनमा सहभागि रहेको उनले बताईन् ।यदि उपमहानगरपालिकाको मापदण्ड भन्दा बाहिर रहेर सामान विक्री गरेको पाईएमा तीन पटकसम्म सचेत गराउने र त्यसपछि नमानेमा कारवाही गर्ने बताईन । साभार : अग्रिम साप्ताहिक

May be an image of text that says 'ाडतुलसीपुरबाट प्रकाशित अगिम समाजवादको यात्रा www.livedang.com साप्ताहिक WEEKLY २०७६ असोज (Agrim Weekly, Oct.04 Monday 2021) पृष्ठ६ जलाशयले फेरिएको जीवन शैली: किनेर खानेहरु तरकारी बेच्न थाले नगरपालिकाले बहुआयामिक बनाउने उद्देश्यसाथ निर्माण गरेको डयाम सिंचाइका लागि बरदान नै भएको छ। गरिएको ६ सय पर्नें तेलको ੧੩ सय यूवला खुलकाल समय उपभोक्ताहर त्यसपछिनमानेमा सामानको 9804507967 RESTR 9 2pm Special Khaja set & FASTFOOD 5'