घोराही उपमहानगरपालिकाका इन्जिनियरमाथि हातपात, निर्माण व्यवसायी पक्राउ

बुटवल, २२ कार्तिक ।
दाङको घोराही उपमहानगरपालिकाका इन्जिनियर भरत केसीमाथि हातपात गरेको आरोपमा प्रहरीले निर्माण व्यवसायी प्रकाश महतरालाई नियन्त्रणमा लिएको छ ।

बिल भुक्तानीको विषयलाई लिएर विवाद सुरु भएपछि हातपात भएको बताइएको छ । कार्यकक्षमा इन्जिनियर केसीलाई कामकाजमा अवरोध पुर्याएको आरोपमा निर्माण व्यवसायी महतरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।


कर्मचारीमाथि हातपात गरेको भन्दै उपमहानगरका कर्मचारीले सेवा ठप्प पारेका थिए । पीडितले जाहेरी दिएको खण्डमा मुद्दा दर्ता हुने प्रहरीले जनाएको छ । दोषीलाई कारबाहीको माग गर्दै उपमहानगरका कर्मचारीले जिल्ला प्रहरी कार्यालयमा पनि केहीबेर धर्ना दिएका थिए ।