बजारको कर्माकाण्डी अनुगमन

जब चाडपर्व भित्रिन्छ, त्यसपछि सुरु हुन्छ, बजार अनुगमन – त्यो पनि कर्माकान्डी । अहिले दाङको तुलसीपुर बजारमा त्यही अनुगमनको नाटक चलिरहेको छ । बजारमा हरेक सामग्रीमा व्यापक महंगिएको छ । अस्वभाविक रुपमा दैनिक उपभोग्य बस्तु महंगिदा पनि उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा मुकदर्शक जस्तै बनेको छ । महंगीको कारण बुझन् तर्फ ध्यान दिएको पाईदैन । त्यसले गर्दा अहिले उपभोक्ताहरु दैनिक उपभोग्य सामग्रीमा महंगीमा पर्दै आएका छन् । चाडपर्ब नजिकिदै गर्दा अहिले कर्माकाण्डी ढंगबाट अनुगमनको नाटक चलिरहेको छ । दिनमा दुई घण्टा अनुगमन हुन्छ, त्यो पनि केही पसलहरुमा । त्यसमा पनि प्रभाबकारी रुपमा अनुगमन छैन ।

अनुगमन जब चाडपर्व आउछ, त्यतिबेला मात्रै गर्ने जुन प्रबृति छ, यो प्रबृतिले निरन्तरता पायो भने यसको उपलब्धी सधै शून्य नै हुन्छ । मुलुकलाई कर्मचारीले चलाइरहेका बेला जुन अनुगमन प्रणाली थियो,अहिले संघीयता अनुसार गाउँ–गाउँमा स्थानीय सरकार आउँदा पनि अनुगमन कार्य फेरिन सकेको छैन । पुरानैले निरन्तरता पाएको छ । स्थानीय तहले अनुगमनलाई नयाँ र प्रभाबकारी ढंगले लैजानुपथ्र्यो । तर, त्यो हुन सकेको छैन । त्यसले गर्दा उपभोक्ताहरुको गुण्स्तरीयताको हक कुण्ठित हुँदै आएको छ । कालोबजारी गर्नेहरु सलबलाईरहेका छन् । बजारमा मूल्यमा एकरुपता आउन सकेको छैन । एकाएक महंगी बढ्दा पनि स्थानीय सरकार जानकार हुँदैन । यो पनि उपभोक्तामा गरिएको एकप्रकारको अपराध नै हो ।


सबै भन्दा सम्बेदनशील विषय हो बजार अनुगमन । जो जनताको दैनिकीसंग जोडिने कुरा हो । यसमा स्थानीय सरकार जनमैत्री भएर सोँच्न आबश्यक छ । दैनिक उपभोग्य बस्तुमा देखिने अनेकन समस्याले नागरिकहरु प्रत्येक्ष रुपमा मारमा परिरहेका हुन्छन् । अब पनि विगतजस्तो कर्माकाण्डी अनुगमनले जनताले आफ्नो खाद्य स्वच्छताको अधिकार पाउन सक्छन्, भन्ने कल्पना नगर्दा पनि हुन्छ । बजारलाई स्वच्छ र स्वस्थ बनाउन नियमित अनुगमन हुनुपर्छ । बजार अनुगमनलाई शुष्मा ढंगले गर्नुपर्छ । उपभोक्तासंग नियमित साक्षात्कार गर्नुपर्छ । उपभोक्ताका समस्या के छन्, तिनमा गम्भीर भएर अध्ययन अनुसन्धान गर्नुपर्छ, अनी मात्रै उपभोक्ताको खाद्य स्वच्छताको अधिकार सुनिश्चित हुन सक्छ, अन्यथा यो कर्माकाण्डी अनुगमनले केही व्यक्तीले भत्ता पचाउने भन्दा अरु केही हुनेछैन ।