
दीपक बोहरा
दाङ, २५ वैशाख ।
बर्दियामा निर्मित ‘लेमिनार’ टायल भारतमा समेत निर्यात हुने गरेको छ । कम्पनीका उपाध्यक्ष गौरब बस्नेतका अनुसार भारतको उत्तर प्रदेश, विहार, झारखण्डलगायतमा निर्यात भइरहेको छ । पछिल्लो एक बर्ष यता यसरी भारतमा ‘लेमिनार’ टायल निर्यात भइरहेको उनले बताए ।
उनका अनुसार महिनामा १५ ट्रक टायल निर्यात हुने गरेको छ । जुन नेपाली २५ लाख रुपैँया बराबरका टायल निर्यात हुने उनको भनाई छ । शुक्रबार दाङ तुलसीपुरमा टायलको सप्लायर्स उद्घाटन गर्दै उनले यस्तो बताए । दाङको तुलसीपुरमा सिद्धार्थ मार्वल हाउसको सहकार्यमा टायलको सप्लायर्सका रुपमा उद्घाटन गरिएको हो । सिद्धार्थले यस अघि हार्डवयेरको क्षेत्रमा काम गर्दै आएको थियो । तुलसीपुरसहित अन्य जिल्लामा पनि उक्त टायल विस्तार गर्ने गरि तयारी गर्ने सिद्धार्थका सञ्चालक रामबहादुर खड्काले बताए ।
लुम्बिनी सेरामिक्सद्वारा उत्पादित उक्त लेमिनार टायल नेपाल गुणस्तर तथा नापतौल विभागको ‘भिट्रिफाईड टायल्स’को गुणस्तर चिन्ह प्राप्त टायल हो । पूर्ण भिट्रिफाईड टायललाई अन्तराष्ट्रिय बजारमा समेत उच्च गुणस्तरको श्रेणीमा राख्ने गरिन्छ । उक्त टायलले पानी सोस्ने क्षमता एकदमै न्यून हुने भएकाले टिकाउ पनि हुने उनले बताए ।
विगतमा बाहिरी देशहरुबाट टायल भित्र्याउनु पर्ने बाध्यता रहेको भएपनि अहिले त्यो बाध्यता हटेर गएको समेत बस्नेतले बताए ।“विगतमा यो प्रबिधिको टायल भारत, चिन,इटलीबाट ल्याउनु पथ्र्यो”,उनले भने“तर, अहिले हामीले भारत निर्यात गर्न सक्ने भएका छौं ।”
उनका अनुसार टायलको कच्चा पदार्थ भने भारतबाट नै ल्याउनु परेको छ । नेपालमै कच्च पदार्थ आपूर्तिकालागि पनि काम अघि बढिरहेको बस्नेतले बताए ।



लाइभदाङ । २५ बैशाख २०८३, शुक्रबार १६:२० बजे