दाङमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु

दाङ, १० असार ।
दाङमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । सर्पको टोकाईबाट तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ हरिपौरीकी १३ बर्षीया दिक्षा वलीको मृत्यु भएको हो ।

वलीलाई दिउँसो २ बजेतिर आफ्नै घरमा सुतिरहेको समयमा सर्पले डसेको थियो । राति ९ बजे मात्रै उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो । गम्भीर अवस्थाकी वलीलाई त्यहाँबाट थप उपचारका लागि बाँकेको नेपालगंजस्थित भेरी अस्पताल पठाइएको थियो ।


उपचारका क्रममा बालिकाको आइतबार बिहान तीन बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी पर्वत केसीले जानकारी दिनुभयो ।