काठको मुडा राख्ने क्रममा टाउकोमा चोट लाग्दा चौधरीको मृत्यु

तुलसीपुर, १४ कार्तिक ।
दाङको शान्तिनगरमा बोकिरहेको काठको मुडा राख्दा टाउकोमा चोट लाग्दा एक जनाको मृत्यु भएको छ। शान्तीनगर गाउँपालिका ५ रगैचा बस्ने ४० वर्षिय शंकर चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

शंकर र उनको भाउजुले काठको मुडा घरमा राख्दै गर्दा उनलाई टाउकोमा चोट लागेको थियो। घाईते चौधरिलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको थियो।


उनको त्यहा उपचार सम्भब नभएपछि पुनः राप्ती प्रादेशीक अस्पतालमा ल्याईएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।