उवासंघ तथा होटेल एवम सुनचाँदी व्यवसायी विच परिचयात्मक

दाङ, १९ असाेज ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले नव निर्वाचित दाङ देउखुरी होटेल व्यवसायी तथा नेपाल सुन चाँदी व्यवसायी समिती संग परिचयात्मक कार्यक्रम गरेको छ । संघले मंगलवार एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित समिती संग परिचयात्मक गरेको हो । दाङ देउखुरी होटेल व्यवसायी समिती संग भएको परिचयात्मक कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।


कार्यक्रममा वोल्ने बक्ताहरुले व्यवसायीहरुको समस्या समाधानका लागि व्यवसायीहरु एक्तावद्ध भएर अगाडि वढनु पर्ने बताएका थिए । व्यावसायीक एक्ताले मात्र समस्याको समाधान गर्न सकिने उनीहरुको भनाइ रहेको थियो । त्यस अवसरमा दाङ देउखुरी होटेल व्यवसायी समितीका अध्यक्ष दीपेन्द्र पुन, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल लगाएतकाले भनाइ राखेका थिए । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन संघका उद्योग उपाध्यक्ष अनिल आचार्यले गरेका थिए ।

कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए । यसैविच संघ र नेपाल सुन चाँदी व्यवसायी समिती घोराहीका नव निर्वाचित पदाधिकारीहरु विच परिचयात्मक कार्यक्रम गरिएको छ । कार्यक्रम संघका अध्यक्ष टंक सिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल सुन चाँदी व्यवसायी समिती घोराहीका अध्यक्ष विनोद वि कले संघका पदाधिकारीहरु संघ र सुन चादी व्यवसायीहरु विच सहकार्य हुदै आएको र आउदा दिनमा पनि निरन्तरता हुने बताए । संघका सदस्य ज्ञानवहादुर फौदार क्षेत्रिको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।