पत्रकार महासंघका अध्यक्ष पोखरेलद्वारा अर्थमन्त्रीसंग भेटघाट

तुलसीपुर, १३ कार्तिक ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रदेश सञ्चार प्रतिष्ठानलाई पूणर्ता दिन माग गरेका छन् । लुम्बिनी प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीसंग भेट गर्दै अध्यक्ष पोखरेलले अन्य प्रदेशमा सञ्चार प्रतिष्ठान गठन भइ काम अघि बढिरहेको भन्दै लुम्बिनीमा पनि त्यसको प्रक्रिया अघि बढाउनु पर्ने बताए ।


सोही अवसरमा मन्त्री मास्कीले ‘सञ्चार माध्याम सम्बन्धि नियमावली २०८०’ निर्माणको प्रक्रियामा रहेकाले छिटै मन्त्रीपरिषदबाट टुंगाउने बताए । सोमबार मन्त्रालयमा भेटघाट भएको हो ।