बबईमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने

तुलसीपुर
५ चैत / दाङको बबई गाउँपालिका वडा नं. ६ पञ्चकुलेमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । स्वास्थ्य,जनसंख्या तथा परिवार कल्यान मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा उक्त स्वास्थ्य शिविर हुन लागेको हो ।


चैत १२ गते शनिबार एक दिने स्वास्थ्य शिविर हुन लागेको हो । महिला, बालबालिका, जनरल मेडिसिन र दाँत सम्बन्धि बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुनलागेको स्वास्थ्य राज्यमन्त्री विमला वलीका स्वकीय सचिब दिपशिखा घर्तीले बताईन् । सहभागिताकालागि सबैमा अनुरोध समेत गरेकी छिन् ।