दाङमा सवारी दुर्घटनामा परेर ६ जना घाइते

तुलसीपुर, ७ कार्तिक । दाङमा विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । तुलसीपुर–घोराही सडक खण्डको हेमन्तपुरमा भएको सवारी दुर्घटनामा परेर २ जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु ९२प ८३९२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको रा४प ९४३७ नम्बरको स्कुटी ठोक्कीदा तुलसीपुर–१७ निबासी मोसा चालक १९ वर्षका प्रशान्त चौधरी र तुलसीपुर–१८ निबासी ३८ वर्षका स्कुटी चालक डिल्ली बस्नेत घाइते भएका छन् ।


त्यसैगरी तुलसीपुर–१८ मनिकापुरमा भे५प७६८० र रा५प १०८९ नम्बरको मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर –१८ निबासी ४१ वर्षका मनपति चौधरी, सोही ठाउँ निबासी २३ वर्षका सन्तोष नेपाली र पछाडी सवार १९ वर्षका विशाल नेपाली रहेका छन् । त्यसैगरी तुलसीपुरको हात्ती खौवामा रा३प २४०३ स्कुटर र रा५प ३०४० नम्बरको मोटरसाइकल ठोक्किदा १ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–१० सुकौरा निवासी ४० वर्षका खिमबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । घाइते मध्य प्रशान्त चौधरी र डिल्ली बस्नेतलाई तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लाग नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर पोख्रेलले जानकारी दिनुभयो ।