प्रहरी अधिकृतको संगीत मोह

दीपक बोहरा
दाङ,६ कार्तिक ।
२४ घण्टा डिउटी हाम्रो, देशको सेवा गर्ने
कहिले हिमाल, कहिले पहाड, कहिले तराई झर्ने
यो छातिमा कुल्चेपनि देश उठ्छ भनेँ
सहन्छुमा हाँसी–हाँसी मुटु फुट्छ भनेँ
राष्ट्र सेवक हौं, हामी प्रहरी….

यी हुन्, प्रहरीले मुलुकलाई गरेको योग्दान र पीडालाई समेटेर तयार पारिएका गीतका हरफ । २०७३ सालमा प्रहरी सेवामा प्रवेश गरेसंगै दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ झुमरे निवासी भुपेन्द्र बुढाथोकीले प्रहरीले गर्ने सेवा र प्रहरीले भोग्ने पीडा देखे । अनि थाले गीत लेख्न । फलस्वरुप २०७४ सालमा उनले ‘हामी नेपाल प्रहरी’ शीर्षकको गीत बजारमा ल्याए । प्रहरी संगठन भित्र धेरै रुचाईएको गीत थियो, त्यो ।

उनी २०७३ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रवेश गरे । त्यसपछि २०७७ सालमा प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भए । हाल उनी मुगु स्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन् । यो बीचमा उनले १० वटा आधुनिक गीत बजारमा ल्याएका छन्, भने दर्जनबढि गीत रेकर्डिङको तयारीमा छन् ।

उनी जहाँ जस्तो परिस्थिति र समस्या आउछ, त्यस्तै गीत लेख्छन् । समयसान्दर्भिक गीत लेख्ने भएकाले पनि उनी प्रहरी अधिकृतसंगै कला क्षेत्रमा पनि स्थान जमाउन सफल भएका छन् । उनले २०७७ को दशै तिहारमा प्रदेशीको पीडालाई समेटेर गीत लेखे । त्यो गीतमा पनि दशै जस्तो महान पर्वमा पनि घर आउन नपाउँदाको पीडा समेटिएको गीत बजारमा ल्याए ।

अर्काको देशमा भएपनि सम्झना घरकै आउँछ
चाडपर्व आउँदा यी आँखा भरि दुःखको बादल छाउछ
बाबा र आमा टोलाउदै होला मुलबाटो हेरेर
सानी पनि फुरुङ्गै होलिन दाई आउँछ भनेर
उता रातो टिकार जमरा
यता पसिना गालैमा । यो सालपनि यस्तै भो बाटा
आउछु अर्को सालैमा….

घर आँगणमा खुसीयाली छाउदा प्रहरी र प्ररदेशिएकाहरुको पीडा एउटै–एउटै देखेपछि गीतमा उतारेको भुपेन्द्रले बताए । अहिले आफू विकट जिल्लामा रहेकाले त्यहाँ हिड्डुल गर्दा धेरै समस्याहरु देख्ने र ति,कुराहरुलाई ‘डायरी’मा टिपि हाल्ने गरेको उनी बताउछन् ।“म जहाँ जे देख्छु, त्यही डायरीमा टिपिहाल्छु”,उनले भने “उचित लागेमा गीत लेख्छु ।”


उनले मायाप्रेमका गीत पनि उत्तिकै लेखेका छन् । २०७७ सालमा ‘डाँडापारी मेरो माया’ आधुनिक गीत सार्वजनिक गरे । त्यो गीत १ करोड १५ लाख बढिले हेरे । उनले एक बर्ष अघि मात्रै सार्वजनिक गरेको ‘धोका माथि धोका’गीत टे«डिङ्गको दोस्रो नम्बरमा पर्न सफल भएको थियो । उनले ‘फूल भनौं जिन्दगीलाई’, अब खुसी, डाँडापारि मेरो माया, मुटु टु्ट्दालगायतका आधुनिक गीत बजारमा ल्याएका छन् ।

आर्थिक र समय मिलेसम्म गीत गाउँने धोको
बुढाथोकीले अहिलेसम्म आफ्नै लगानीमा गीत निकालेका छन् । उनी सानैदेखि संगीतमा रुची राख्थे । । विद्यालय तहदेखि यस्ता बिभिन्न प्रतियोगितामा भाग लिन्थे । सानै देखि संगीतमा रुची भएकाले पनि आफूले प्रहरी अधिकृतको जागिर हुँदा पनि गीतसंगीतलाई पनि समय दिएको बताए ।“गीतसंगीतमा मेरो सानै देखिको रुची हो”,उनले भने “त्यसैले अहिले पनि संगीतलाई नै समय दिने गरेको छु ।” गीत लिखिसकेपछि धेरैले रुचाएकाले पनि आफूलाई थप हौसला हुने गरेको उनी बताउछन् । प्रहरी संगठन भित्र पनि त्यतिकै प्रशंसा हुने गरेको उनी बताउछन् । प्रहरीबाट रिटायर्ड भएपछि पनि गीतसंगीतलाई नै निरन्तरता दिने उनको भनाई छ ।

चारवटा अगार्ड प्राप्त
उहाँले गीतसंगीत अन्तर्गतका चारवटा अवार्ड प्राप्त गरेका छन् । नेश्नल राप्ती म्यूजिक अवार्ड, नेश्नल ब्रान्ड म्यूजिक अवार्ड, ओएस नेपाल म्यूजिक अवार्ड र सगरमाथा म्यूजिक अवार्ड प्राप्त गरिसकेका छन् । ओ एस म्यूजिक अवार्ड भर्खरै मात्रै प्राप्त गरेको उनले बताए । अन्य अवार्डहरु भने केही समय अघि प्राप्त गरेको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।
उनको ब्यक्तिगत युट्युव च्यानल पनि एक लाख सब्स्क्राईब पुगिसकेकाले युट्युव सिल्भर बडन अवार्ड पनि पाएका छन् । अधिकांस गीत उनले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गर्ने गरेका छन् ।

भुपेन्द्रको बारेमा
उहाँको जन्म २०५१ साल भदौ २२ गते सल्यानमा जन्म भएको हो । सामान्य परिवारमा जन्मिएका उनको परिवार दाङको तुलसीपुर बसाईसराई ग¥यो । त्यसपछि उनले तुलसीपुरबाट प्रमाणपत्र तहसम्मको पढाईमा उत्कृष्टता हाँसिल गरे । त्यसपछि उनले सुरक्षा क्षेत्रमा जोडिने सपना बुने । फलस्वरुप २०७३ सालमा उनी प्रहरी सहायक निरीक्षक हुनुभयो, भने २०७७ सालमा प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भए । साभारः अग्रिम साप्ताहिक