
तुलसीपुर, २३ पुस ।
नेकपा एमाले दाङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागी तिन वटै निर्वाचन क्षेत्रबाट उमेदवारहरुको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी सचिवालय बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ बाट महासचिव शंकर पोख्रेलको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ ।
यस्तैगरी निर्वाचन क्षेत्र नम्वर ३ बाट पुर्ब स्वास्थ्य मन्त्री हिराचन्द्र केसि, नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डे र लुम्बिनी प्रदेश कमिटी सदस्य सिमा न्यौपानेको नाम सिफारिस गरेको एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिए । उनका अनुसार निर्वाचन क्षेत्र नम्वर १ बाट लुम्बिनी प्रदेशका पुर्व सांसद रेवतीरमण शर्मा, अर्जुन गुरुङ र कमला आचार्यको नाम सिफारिस गरिएको छ ।
पाटी केन्द्रिय कमिटीको सर्कुलर अनुसार जिल्ला कमिटिले उमेदवारहरुको नाम प्रदेश कमिटिमा सिफारिस गर्नेछ भने प्रदेश कमिटीले भोली २४ गते जिल्लाबाट सिफारिस भएर आएका सबैको नाम केन्द्रिय कमिटीमा सिफारिस गर्ने छ ।
दाङमा एमालेले तिन वटै निर्वाचन क्षेत्रमा सर्वसम्मत एकल उमेदवारको नाम टुङगो लगाउन नसकेपछि सोमवार जिल्ला कमिटिको बैठकले सचिवालयलाई जिम्मा दिएपछि मंगलवार सचिवालय बैठकले नाम सिफारिस गरेको थियो ।



लाइभदाङ । २३ पुष २०८२, बुधबार २२:१९ बजे