दाङको तुलसीपुरमा घरबाटै मोटरसाइकल चोरी

तुलसीपुर, १ कार्तिक ।  दाङको तुलसीपुरमा घरमै पार्किङ गरि राखेको मोटरसाइकल चोरी भएको छ । मंगलबार साँझ घरको व्राण्डमा पार्किङ गरि राखेको मोटरसाइकल चोरी भएको हो ।

दंगीशरण गाउँपालिका १ बाँकीका टंक डाँगीले प्रयोग गर्दै आएको रा ५ प ९२७७ नम्बरको निलो कालो रङको पल्सर (१५०) मोटरसाइकल तुलसीपुर ६ गोलौरामा रहेको साथीको घरमा गएको अवस्थामा गएराती घरबाटै चोरी भएको मोटरसाइकल धनी डाँगीले जानकारी दिनुभएको छ ।

हिजो मंगलबार साँझ घरको व्राण्डमा पार्किङ गरि राखेको मोडरसाइल आज बुधबार बिहान उठेर हेर्दा नदेखेपछी चोरी भएको थाहा पाएको बाइक धनी डाँगीले बताउनुभएको छ । त्यसपछी तत्कालै मोटरसाइकल खोजीका लागी प्रहरीमा निवेदन समेत दिएको उहाले बताउनुभयो ।


यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले मोटरसाइकल हराएको भनेर बिहान निवेदन आएपछी सम्पुर्ण प्रहरी युनिटहरुमा जानकारी गराइएको बताउनुभएको छ । जिल्लाका सम्पुर्ण ट्राफिक प्रहरीहरुलाई बिहानै सेट मार्फत जानकारी गराइएको र लिखित रुपमा समेत पत्र पठाइएको उहाले बताउनुभयो ।

चोरले उक्त मोटरसाइकल बाँके तर्फ या सल्यानतर्फ पनि लगेको हुन सक्ने भन्दै जिल्ला बाहिर पनि यस विषयमा जानकारी गराइएको उहाले बताउनुभयो । जिल्ला बाहिरका प्रहरी इकाइहरुमा इप्रकाबाट भन्न नमिल्ने हुदा जिल्ला प्रहरी कार्यालय दाङ मार्फत छिमेकी जिल्लाहरुलाई उक्त मोटरसाइकल हराएको बारे जानकारी गराइदिन आग्रह गरेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।