दुर्घटना हुँदा १४ बर्षीय मोटरसाईलक चालकको मृत्यु

दाङ,१ कार्तिक ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ४ बजजेतिर शान्तिनगर गाउँपालिका ५ रतभटुवाबाट आउदै गरेको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते शान्तिनगर गाउँपालिका ५ रतभटुवा निवासी १४ वर्षिय सुनिल बिकको उपचारका क्रममा मृत्यु भएको छ ।

बुधबार बिहान १० बजेतिर नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।


रा ३ प ४३२५ नम्बरको मोटरसाईकल आफै पल्टिदा मोटरसाइकलमा सवार शान्तिनगर ५ काशीपुर बस्ने २५ वर्षिय अजय चौधरीको बाँकेमा उपचार भइरहेको छ ।