विपन्न तथा दलित परीवारलाई कपडा वितरण

प्रमोद आचार्य,
दंगीशरण, २१ माघ ।
दंगीशरण गाउँपालिका वडा नं. ३ ले वडाका विपन्न तथा दलित परीवारलाई कपडा वितरण गरेको छ । ७९/८० को स्वीकृत कार्यक्रम अनुसार वडाका करीब ४० जना बिपन्न तथा न्युन आयस्रोत भएका व्यक्तिलाई कपडा बितरण गरीएको वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गिरीले आफुहरु नितान्त जनताको सेबक रहेको र ग्रास लेबलका जनताको आवाजलाई प्राथमिकता दिने आफ्नो सोच रहेको बताउनुभयो । यस्तै जिल्ला समन्वय सदस्य टोपाराम चौधरीले आफुहरुले बजेट बिनियोजन गर्दा नै दोहरो सुविधा नपर्ने गरी अत्यन्त विपन्न तथा दलितहरुलाई छनोट गरेको बताउनभयो ।


यस्तै वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीले भौतिक पुर्वाधारको विकासलाई मात्र प्राथमिकता नदिइ मानविय विकासमा ध्यान दिन पनी आफुहरुले यस्ता कार्यक्रम ल्याएको बताउनुभयो । वडा नं.३ का वडा सदस्य सरीता बिकको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण वडा सदस्य लक्ष्मणदास चौधरीले गर्नुभएको थियो ।